काठमाण्डौ ।
साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भारतको बेङ्गलोरमा रहेको कन्तिराभा रङ्गशालामा बुधबार भएको खेलमा नेपाल पराजित भएको हो । कप्तान खालेद हजियाले खेलको २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र मोहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??