spot_img
spot_img
spot_img

कञ्चनले ल्यायो ५१ करोड ३८ लाख ४६ हजारको बजेट

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाँउपालिकाले ५१ करोड ३८ लाख ४६ हजार रुपैया ४६ लाख ७ सय १७ रुपैया बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ। कञ्चन गाँउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले आइतबार गाँउपालिकाको १४ औं गाउँसभामा चालु खर्च तर्फ ३७ करोड ३१ लख २० हजार ७ सय १७ रुपैया र पुँजीगत खर्च तर्फ १४ करोड ७ लाख २६  हजार रुपैया गरी ५१ करोड ३८ लाख ४६ हजार रुपैया ४६ लाख ७ सय १७ रुपैया बराबरको बार्षिक बजेट प्रस्तुत गर्नु भएको हो। प्रस्तुत बजेट मध्ये गाउँपालिकाको आन्तरिक श्रोतबाट १ करोड ७५ लाख, मालपोत कार्यालयबाट प्राप्त हुने ५० लाख, संघिय सरकारबाट ४३ करोड २२ लाख ३५ हजार ७ सय ९वित्तिय समानिकरण अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, बिशेष अनुदान र शसर्त अनुदान समेत र लुम्बिनी प्रदेशबाट वित्तिय समानिकरण अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, बिशेष अनुदान र शसर्त अनुदान समेत गरी० ४ करोड ५६ लाख ११ हजार १७ रुपैया प्राप्त हुने उपाध्यक्ष थापा मगरले बजेट बक्तब्य मार्फत जानकारी गराउनुभयो।

उपाध्यक्ष थापा मगरले आगामी बर्षका लागि विनियोजित रकम तथा योजना संचालन गर्दा अपुग हुन आएमा करिब २ करोड ३५ लाख रुपैया चालु आर्थिक बर्षको अन्त्यमा स्थानीय संचित कोषबाट ब्यहोरिने समेत बजेट बक्तव्यमा उल्लेख गर्नु भएको छ। यस्तै आगामी बर्षको बजेट मार्फत गाउपालिकाका सामरिक महत्व राख्ने सडकहरुको स्तरोन्नती, भौतिक पुर्वाधार अपुग भएका बिद्यालय भवन, शौचालय, खेलकुद मैदान लगायतका पुर्वाधार निर्माणका लागि पनि निरन्तरता दिइएको छ। प्रस्तुत बजेटमा मगर संग्राहलय, नेवार संग्राहलय, तथा थारु संग्राहलयका अधुरो भवन निर्माणका लागि आस्यक बजेट ब्यबस्था गरिएको छ।

यसैगरी हरैया माध्यमिक विद्यालयको भवन निर्माणका लागि १ करोड, समग्र पुर्वाधार बिकास तर्फ ८ करोड ९७ लाख रुपैया ९६ हजार ६ सय रुपैया रकम विनियोजन भएको उपाध्यक्ष थापा मगरले वक्तव्य मार्फत उल्लेख गर्नुभयो। उपाध्यक्ष थापा मगरले कक्षा देखि कक्षा १२ सम्म अध्ययनरत छात्राहरुका लागि बिद्यालयबाटै उपलब्ध हुनेगरी निशुल्क सेनेटरी प्याडका लागि २७ लाख ४ हजार रुपैया रकम विनियोजन गर्नु भएको छ।  आगामी बर्षको बजेटमा उपाध्यक्ष थापा मगरले बालविकासका सहयोगी, बिद्यालय सहयोगी र बिद्यालय कर्मचारीहको तलव भत्ताका लागि ५९ लाख रुपैया, गाउपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा अध्ययनरत जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति उपलब्ध गराउन समेत आवस्यक बजेट व्यबस्था गरेको उपाध्यक्ष थापा मगरले जानबकारी दिनु भएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img