spot_img
spot_img
spot_img

फ्रान्समा प्रहरीको गोली लागेर एक युवाको ज्यान गएपछि देशभर प्रदर्शन, १ सय ५० जना पक्राउ

spot_img

एजेन्सी ।

फ्रान्समा प्रहरीको गोली लागेर एक युवाको ज्यान गएपछि देशभर प्रदर्शन हुन थालेको छ । केही ठाउँमा प्रदर्शन उग्र हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको छ। अहिलेसम्म प्रहरीले एक सय ५० जनालाई पक्राउ गरेको छ । गृहमन्त्री गेराल्ड डार्मानिनले रातभर प्रदर्शनकारीले देशभरका स्कुल, टाउन हल र प्रहरी स्टेशनहरूलाई निसाना बनाएर आक्रमण गरेका बताउनुभएको बीबीसीले जनाएको छ। फ्रान्सको राजधानी पेरिसमा अस्ति मङ्गलवार एक युवाले ट्राफिक जाँचका लागि कार नरोकेपछि प्रहरीले गोली चलाएको थियो।

प्रहरीको गोली लागेका युवाको केही पर पुगेपछि कार दुर्घटनामा ज्यान गएको थियो। युवाले प्रहरीलाई किच्ने नियतका साथ कार चलाएको पेरिस प्रहरीको दाबी छ तर सीसीटीभी फुटेजमा भने प्रहरीले कारको झ्याल नजिकै पुगेर र एकैछिन रोकिएरमात्रै गोली चलाएको देखिएको छ। राष्ट्रपति इमानुयल म्याँक्रोले गोली प्रहार अक्षम्य बताएको बताउनुभएको छ। फ्रान्समा गएको वर्ष ट्राफिक नियम नमान्दा प्रहरीले चलाएको गोली लागेर १३ जनाको ज्यान गएको थियो।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img