spot_img
spot_img
spot_img

खुल्यो नारायणगढ–मुग्लिन सडक खण्ड

spot_img

काठमाण्डौ ।

नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पहिरो पन्छाउने काम सकिएसँगै सडक खण्ड सञ्चालनमा आएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख मेशकुमार पौडेलका अनुसार आज बिहान साढे ८ बजेदेखि नै दुवै तर्फबाट पहिरो पन्छाउने काम भएकोमा अहिले बेलुका ५ बजेदेखि सडक सञ्चालनमा आएको हो । सडक खण्डको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा हिजो दिउँसो १ बजे पहिरो खसेपछि सडक बन्द भएको र बेला–बेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरेको उहाँको भनाई छ । सडक सञ्चालनमा आए पनि गाडीको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । चौबीस घण्टाभन्दा बढी समयदेखि सडक बन्द हुँदा यो सडक हुँदै यात्रा गर्ने धेरै यात्रु बिचल्लीमा परेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img