spot_img
spot_img
spot_img

लम्पी स्किन नियन्त्रणका लागि कदम चाल्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

spot_img

काठमाण्डौ ।

महामारीको रूपमा पशुचौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो लिनुभएको छ। उहाँले कृषि तथा पशुपंक्षीमन्त्री डा. वेदुराम भुसाल र मन्त्रालयका उच्च अधिकारीलाई आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्रीले प्रभावकारी रूपमा पशु स्वास्थ्यकर्मी परिचालन गर्न, खोप आपूर्ति बढाउन तथा तत्काल खोप लगाउनका लागि जनशक्तिको आवश्यक प्रबन्ध गर्नसमेत सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ। सरकारले अहिलेसम्म सात लाख ३७ हजार डोज खोप आयात गरी सातै प्रदेशमा उपलब्ध गराएको छ। पशु सेवा विभागका अनुसार एक लाख ७२ हजार एक सय २८ पशुचौपायामा खोप लगाइसकिएको छ।

महामारी नियन्त्रणका लागि आउँदो आर्थिक वर्षमा पालिकामा सङ्घीय सरकारले सःसर्त अनुदानअन्तर्गत एक लाख रुपैयाँका दरले बजेट उपलब्ध गराइएको छ । विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेका अनुसार सङ्घीय सरकारले एक सय ६१ वटा पालिकामा भेटेरिनरी डाक्टर र सबै पालिकामा प्राविधिकको व्यवस्थापनका लागि बजेट उपलब्ध गराएको छ । प्रदेश र पालिकासँग समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको छ । रोग रोकथाम तथा उपचारमा खटिने प्राविधिकका लागि प्राथमिक उपचारको जानकारीसहित सूचनामूलक सामग्री प्रकाशित र प्रसारित गरिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img