काठमाण्डौ ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ जना सांसदको समर्थन रहेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसअघि नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ सरकारको दाबी गर्न आज बिहीवार बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो । बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्नेमा कोशीमा दुवै पक्षको बहुमत नपुग्दा अन्योल थियो । तर आज सत्ता गठबन्धनले सभामुखको समेत हस्ताक्षर बुझाएर उद्धव थापालाई मुख्यमन्त्री बनाउन सफल भएको छ ।