spot_img
spot_img
spot_img

रोल्पामा छोरी जन्मिने परिवारलाई ५ हजार रुपैयाँ

spot_img

काठमाडौं ।

रोल्पामा छोरी जन्मिने बित्तिकै परिवारलाई ५ हजार रुपैयाँ दिईने भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिकाले साउन १ गतेदेखि लागू हुने गरी छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ । यस कायक्रमका लागि आर्थिक वर्ष २०८०र८१ मा नीति, कार्यक्रम तथा बजेट पारित गरिएको छ । साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मिने हरेक छोरीलाई खातामा पैसा जम्मा गरिदिने कार्यक्रम ल्याइएको पालिकाले जनाएको छ । बैंकमा जम्मा गरिएको उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन । यसले बालविवाह रोक्नसमेत मद्दत पुग्ने विश्वास लिइएको छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img