spot_img
spot_img
spot_img

रक्सीले मातेका व्यक्तिले बारमा आगो लगाउँदा ११ जनाको ज्यान गयो

spot_img

एजेन्सी ।

उत्तरी मेक्सिकोमा रक्सीले मातेका व्यक्तिले एक बार ९रात्रि क्लब० मा आगो लगाउँदा ११ जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् । उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको एक बारमा शनिवार यो घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । आगलागीमा सात जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका छन् । रक्सीले मातेका एक व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा बारमा आगो झोसेको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । मदमत्त भएका उनले बारमा रहेका महिलामाथि अभद्र व्यवहार गरेपछि उनलाई बारबाट निष्कासन गरिएको थियो । सान लुइस रियो कोलोराडोका मेयर सान्तोस गोन्जालेज येस्कासले आक्रमणलाई दुःखद घटना भन्नुभएको छ । घटनापछि भागेका अपराधी खोज्न अनुसन्धान निकाय र विज्ञ सेवाले काम गरिरहेका खबरमा उल्लेख छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img