spot_img
spot_img
spot_img

पत्रकार महासंघ रुपन्देहीको निर्णय सच्याउन प्रगतीशिलको माग

spot_img

बुटवल । 

प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा सदस्यता वितरणमा राजनीतिक पूर्वाग्रही देखिएको भन्दै सदस्यता वितरण सम्बन्धी भएको निर्णय सच्याउन माग गरेको छ । बुधबार प्रगतिशील पत्रकार संघ रुपन्देहीले पत्रकार महासंघ रुपन्देहीले नयां सदस्य दिन गरेको निर्णय पूर्वाग्राही भएको भन्दै ध्यानकर्षण गराएको छ । प्रतिशील पत्रकार संघ रुपन्देहीका सचिव टेकराज भुसालद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा महासंघले राजनीतिक पूर्वाग्रही राखी नयां सदस्यता वितरण गरेको उक्त नियर्ण सचयाउन माग गरेको हो। महासंघ लुम्बिनी प्रदेश र केन्द्रलाई समेत इमेल मार्फत जानकारी दिइ महासंघको उक्त विभेदपूर्ण निर्णय सच्चाएर नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गर्न बन्चित भएका वास्तविक पत्रकारलाई सदस्य प्रदान गर्न र गैर पत्रकारहरुको नाम सिफारिस नगर्न आग्रह गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको बैठकले ३२ जनालाई नयां सदस्यता दिने निर्णय गरेको छ ।

महासंघले गरेको उक्त निर्णयमा कतिपय मापदण्ड भित्र पर्नेलाई पनि राजनीतिक पूर्वाग्रही राखी सदस्यता नदिएको र कतिपय मापदण्ड भन्दा बाहिरका व्यक्तिलाई सदस्यता दिएको भन्दै उक्त निर्णय सच्चाएर वास्तविक पत्रकारलाई सदस्यता दिनुपर्ने प्रगतिशील पत्रकार संघ रुपन्देहीले ध्यानाकर्षण पत्र मार्फत माग गरेको छ । पत्रकार महासंघको गरिमालाई थप उचो बनाउन र श्रमजीवि पत्रकारहरुको पक्षमा निरन्तर वकालत गरी पछिल्लो समयमा पत्रकार महासंघले चलाएको सदस्यता शुद्विकरण अभियानमा प्रगतीशिल पत्रकार संघको साथ रहेको सचिव भुसालले बताउनु भएको छ। ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img