कञ्चन
स्वतन्त्र पार्टी,कञ्चन ३ रुपन्देहीद्वारा खानेपानीको महसुल अत्याधिक बढी महंगो भएको भन्दै रुद्रपुर सुनगाभा हर्नाचौर हरैया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा बुधवार ध्यानाकर्षण पत्र बुझाएको छ । २०७८ साल देखि खानेपानीको महसुल सर्वसुलभ मुल्यमा उपभोग गर्दै आइरहेको तर असार महिनामा उपभोक्ताले ठेग्न नसक्नेगरी अत्याधिक महसुल आएकोबारे उपभोक्तो गुनासो आएको र सोबारे स्पष्टीकरण दिनु पर्ने भन्दै सो ध्यानाकर्षण गराएको हो।
रास्वपा, कञ्चन ३ का अध्यक्ष इमानन्द आचार्यद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा संस्था सबैको साझा हो र संस्थालाई घाटा हुने काम कोही कसैबाट गरिनु हुदैन भन्दै संस्थाका जिम्मेवार ब्यक्तीहरुबाटै भएको गैर जिम्मेवारीपुर्ण कार्यले गर्दा अपत्यारिलो र अस्वभाविक रुपमा आएको महसुलका कारण उपभोक्तामा पर्न गर्न गएको समस्या समाधानका लागि पुनःविचार गर्न आग्रह गरिएको छ।