spot_img
spot_img
spot_img

रुपन्देही प्रहरीले भन्सार अनुगमनलाई कडाई गर्दै

spot_img

भैरहवा ।

पछिल्लो समय रुपन्देही प्रहरीले भन्सार अनुगमनलाई कडाई गरेको छ। भारतबाट भन्सार छली गरी नेपालमा अबैधरुपमा सामान भित्र्याउनेहरु प्रति निकै कडाइ गर्दै कार्वाहीमा कठोर बन्दै गइरहेको छ। प्रहरीले भन्सार छली चोरी पैठारीमा संलग्नलाई भन्सार कारवाही अतिरिक्त पशुपंक्षीलाई क्रुरता व्यवहार गर्नेलाई पनि मुद्धा चलाई कारवाही अगाडी बढाइरहेको छ । यसैक्रममा रुपन्देही प्रहरीबाट खटिएको सुरक्षा गस्ती टोलीले सोमवार बिहान अन्दाजी ४।००  बजेको समयमा जिल्ला रुपन्देही मायाँदेवी गाउँपालिका वडा नं। ५ गोनाहा स्थितमा बोईलर कुखुराहरुको खुट्टमा रसीले बाँधी माथी खुट्टा र तल टाउको बनाई निर्मम तरिकाले झुण्डाई भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको लु ४ प २९९३ नं। को मोटर साइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका वडा नं। ३ वस्ने बर्ष १८ का दिलिप  लोधले  मोटरसाइकलमा झुण्ड्याएर ल्याउदै गरेको अवस्थामा ५२ पिस जिउदो बोईलर कुखुरा वोईलर कुखुरा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया रुपन्देहीको प्रतिनिधीको रोहवरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भएको छ।  मोटरसाइकल चालक दिलिप लोधलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट दिन ७ को म्याद थप गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ पशुपंक्षी सम्बन्धी कसूरको दफा ९२९० ९पशुपंक्षी प्रति निर्दयी व्यवहार गर्न नहुने० वमोजिम थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img