spot_img
spot_img
spot_img

भूमध्यसागरबाट २३ देशका झण्डै साढे चार सय जना आप्रवासीको उद्धार

spot_img

एजेन्सी ।

फ्रान्सको एक गैरसरकारी संस्थाले भूमध्यसागरमा सङ्कटपूर्ण अवस्थामा रहेका चार सय ३८ जना आप्रवासीको उद्धार गरेको छ । उद्धार संस्थाले जहाज ओशन वाइकिङमार्फत् बितेका दुई दिनमा २३ वटा देशका आप्रवासीलाई उद्धार गरेको एएफपीले जनाएको छ । उनीहरुलाई लिबिया र ट्युनिसियाको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट उद्धार गरेको उद्धार गर्ने संस्था एसओएस मेडिटरेनीले जनाएको छ । उद्धार गरिएको जलक्षेत्र आप्रवासीहरूका लागि विश्वको सबैभन्दा खतरनाक सामुद्रिक मार्ग हो । यो मार्ग हुँदै आप्रवासीहरु युरोपका देश जाने गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकाय इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार यस वर्ष मध्य भूमध्यसागर पार गर्ने प्रयासमा कम्तीमा दुई हजार १३ जनाको ज्यान गएको छ । त्यस मागमा अघिल्लो वर्ष एक हजार चार सय १७ जना आप्रवासीले ज्यान गुमाएका थिए ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img