spot_img
spot_img
spot_img

भ्रष्टाचारको बिरूद्धमा लाग्ने पार्टी नेकपा माओवादी : मौलाना मशहूद

spot_img

कपिलवस्तु

नेकपा माओवादी केन्द्र विजयनगर कमिटीको आयोजनामा कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा “जनतासंग  माओवादी विशेष रूपान्तरण अभियान” कार्यक्रम शनिवार सम्पन्न भएको छ।  कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खाँनले संविधान सभा मार्फत संबिधान निर्माण गरेर माओबादीले सबैलाई अधिकार दिलाएको र संबिधानको पुर्णपालना गराउन नेकपा माओबादी केन्द्रलाई दुई तिहाई बहुमतका साथ सरकारमा ल्याउनुपर्नेमा जोड दिनुभयो।  यसैगरी कार्यक्रममा विशिष्ट अतिथिमा तथा नेकपा माओबादी केन्द्र प्रदेश सचिवालय सदस्य सुकई थारुले एकजुट भएर नेकपा माओबादीमा लाग्नुपर्ने र माओबादी पार्टीमा नै सबैको हक अधिकार सुनिश्चित रहेको बताए।  कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र आचार्यले तीन महिने “जनतासंग माओबादी बिशेष रूपान्तरण” बारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र जिल्ला संयोजक बिष्णु वेलवासेले संसारमा काम गरेर खाने र काम गराइ खानेगरी दुई वर्गका मानिस रहेको उल्लेख गर्दै नेकपा माओबादी केन्द्र जहिले पनि श्रमको सम्मान गर्ने बताउनुभयो। यसैगरी नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेकपा माओबादी पार्टीलाई अझ बलियो बनाइएन भने पाएको उपलब्धि समेत गुम्ने खतरा रहेको बताउदै भ्रष्टाचारको बिरूद्धमा लाग्ने पार्टी नेकपा माओबादीलाई सबै मिलेर सहयोग गर्नुपर्ने बताउनुभयो। उपाध्यक्ष नेपालीले माओवादी नेतृत्वको सरकारले गरि रहेको काम ऐतिहासिक भएको उल्लेख गर्दै पार्टीका हरेक योद्धाहरुले पार्टीले दिएको जिम्मेवारीलाई  पुरा गर्दै जनतासंग माओवादी बिशेष अभियानलाई गाउगाउमा पुर्याउनुपर्नेमा जोड दिनुभयो।

नेकपा माओवादी केन्द्र विजयनगर गाँउ कमिटीका अध्यक्ष नुरुल खांले कार्यक्रमको अध्यक्षता गर्दै विजनगर गाँउ कमिटीको बैठक द्वारा भएको निर्णय पार्टीको रूपान्तण अभियानमा सहयोग पुग्ने बताउनुभयो। विजयनगरमा नेकपा माओबादी पार्टी पहिलो स्थानमा ल्याउने तथा  जनताको साथमा सधै रहने समेत अध्यक्ष खाँले बताउनुभयो।  सुदिप सारूले संचालन गर्नु भएको कार्यक्रममा नगर कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img