spot_img
spot_img
spot_img

ज्येष्ठ नागरिक लक्षित बृहत स्वास्थ्य शिविर, पाँच सय जनाले गराए निःशुल्क स्वास्थ्य जाँच

spot_img

लक्ष्मण पौडेल, बुटवल ।

रोटरी क्लव अफ बुटवल र ज्येष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा ज्येष्ठ नागरिक लक्षित बृहत स्वास्थ्य शिविर गरिएको छ । देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा करिव ५०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको क्लवका अध्यक्ष करुण खनालले जानकारी दिएका छन । शिविर सञ्चालनका लागि इनरह्वील क्लव अफ तिलोत्तमा, इनरह्वील क्लव अफ मिडटाउन, रोट¥याक्ट क्लवग अफ बुटवल, रोट¥याक्ट क्लव अफ लुम्बिनी बाणिज्य, रोट¥याक्ट क्लव अफ केआइसी, नेपाल हृदयरोग निवारण प्रतिष्ठान रुरपन्देही शाखा र नेपाल मगर महिला संघ बुटवलले सह आयोजक रहेको शिविर श्रृुंगेश्वर धामस्थित ज्येष्ठ नागरिक मिलन केन्द्र परिसरमा सम्पन्न भएको थियो ।

शिविरमा मुटुरोग, हाडजोर्नी, जनरल फिजिसियन, छाला रोग, स्त्री रोग र मानसिक रोगको सम्बन्धित विशेषज्ञहरुद्वारा चेकजाँच गरिएको थियो । शिविरमा चिकित्सकहरसहित १५ जनाको स्वास्थ्यकर्मीको टोली चेकजाँचका लागि खटिएको थियो। स्वास्थ्य परीक्षण गराएका विभिन्न रोगीहरुलाई औषधिको समेत व्यवस्था गरिएको थियो ।

यसअघि शिविरको शुभारम्भ गर्दै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले बिभिन्न समयमा सामाजिक संघसंस्थाहरुबाट संचालन हुने शिविरले ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणमा सहज हुुने भन्दै शिविर आयोजना गरेकोमा आयोजजकलाई धन्यवाद दिएका थिए। शिविर उदघाटनका क्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष डिलबहादुर भट्टराई, वडा नम्बर ४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्री, देवदह मेडिकल कलेजका प्रवन्ध निर्देशक गोपाल बहादुृर पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । शिविरमा सहभागी ज्येष्ठ सदस्य हिरा बहादुर भलामीको स्वास्थ्य परीक्षण गर्दै शिविरको शुभारम्भ गरिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img