spot_img
spot_img
spot_img

कञ्चनमा लागुऔषध दुव्र्यसनी विरुद्ध तिज गित प्रतियोगिता

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चनमा लागुऔषध दुर्ब्यसनीका कारण समाज हुने बिकृति बिरुद्ध जनचेतनामुलक तिज गित प्रतियोगिता सम्पन्न भएको छ। ईन्द्रेणी महिला समूह, कञ्चन ३ भगवती टोलको आयोजनामा सम्पन्न प्रतियोगितामा कञ्चनका १२ महिला तथा आमा समूहरुले सहभागिता जनाएका थिए। प्रतियोगितामा सहभागी आमा तथा महिला समूहहरुले प्रस्तुत गरेको गित र नृत्यले समाजको वास्तविक कथा चित्रण गरेको थियो। प्रतियोगितामा सहभागीहरुले अभिभावक र संगी साथीको संगतले लागुऔषध दुर्ब्यसनीमा फसेका किशोर किशोरीहरुलाई सामाजिक रुपमा उत्तरदायी बनाउदै लागुऔषध दुर्ब्यसनीबाट टाढा राख्नु पर्ने, आ आफ्ना छोराछोरीका अगाडी मादक पदार्थ तथा सुर्तिजन्य पदार्थको सेवन तथा किनबेच गर्न नहुने सन्देश सहितको गित तथा नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगितामा लागुऔषध दुर्ब्यसनीमा फसेपछि घरपरिवारमा देखिएको समस्या र त्यसले पारेको असरका कारण लागुऔषध सेवनकर्ताको रुपमा रहेका आफ्नै छोरालाई सुधारकेन्द्र राखेपछि नयाँ जिवन प्राप्त गरेको सन्देश सहितको मिलिजुली आमा समूह कञ्चन ४ र ५ थकालीचोकले प्रस्तुत गरेको गित र नृत्य प्रथा भएको थियो। यसैगरी प्रतियोगितामा धौलागिरी नारी जागरण आमा समूह कञ्चन ३ धौलागिरीचोक दोश्रो भएको थियो भने नवदुर्गा भवानी आमा समूह, कञ्चन ३ सोंगाले तृतिय स्थान हासिल गरेको छ।

कञ्चन साथी सञ्जालको सहआयोजना समेत रहेको प्रतियोगितामा नवजागृती आमा समूह र सरस्वती माध्यमिक बिद्यालयले भने सान्त्वना प्राप्त गरेको छ। कार्यक्रम भगवती टोल स्थित दुर्गा मन्दिर परिसरमा सम्पन्न भएको हो।प्रतियोगितामा सहभागी प्रतियोगी आमा तथा महिला समूहहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले घरमा आमा शिक्षित र सामाजिक रुपमा सचेत भएको परिवार शिक्षित र असल हुने बताउनु भयो। महिलाहरुको घरको काम पछि पनि समाज रुपान्तरणको अभियान बोकेर हिड्नु कम चुनौती नभएको भन्दै उपाध्यक्ष थापा मगरले महिलाहरुलाई शसक्तीकरण र आत्म निर्भर तथा स्वरोजगार बनाउन गाउँपालिकाले महिला लक्षित कार्यक्रमहरु समेत संचालन गरेको उल्लेख गर्नु भयो।  वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले महिला महिला बिच हुने हिंसा र बिभेदको अन्त्यका लागि हरेक टोल टोलमा महिला तथा आमा समूहहरुले रचनात्मक कार्यक्रम गर्नु पर्ने बताउनुभयो । समाज रुपान्तरणका लागि गरिने हरेक कार्यक्रमहरुलाई वडा र पालिकाबाट आवस्यक सहयोग गर्न सदैव तत्पर रहेको वडा अध्यक्ष सापकोटाले बताउनुभयो।

कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक गोपाल बहादुर के।सी।ले १८ बर्ष मुनिका कुनै पनि बालबालिका तथा किशोर किशोरीहरुका सामु मादक तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने, उनिहरुलाई ती बस्तुहरुको किनबेच नगर्ने जस्ता कार्यहरु बन्द गर्न सकिएमात्र लागुऔषध दुर्ब्यसनी जस्ता कुलत समाजमा नफैलिने बताउनु भयो। गित र नृत्यले बोकेको सन्देशलाई ब्यबहारमा उतार्न सके हाम्रो समाजलाई सभ्य र असल बनाउन सकिने उल्लेख गर्दै कार्यकारी निर्देशक के।सीले कञ्चनमा भएका आमा तथा महिला समूहहरुले पैसाका कारण बिद्यालय जानबाट बञ्चित भएका कम्तिमा एक जना बिधार्थीको अभिभावकत्व गर्न सकेमात्र पनि लागुऔषध दुर्ब्यसनीको नियन्त्रण हुने बताउनुभयो। समूहका अध्यक्ष चन्दा कुमारी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रेम बहादुर रोका, कञ्चन साथी सञ्जालका बिष्णु सुनार, साथी सञ्जाल लुम्बिनी प्रदेशका सदस्य उषा सुनार लगायतले समाजमा जरा गाडिरहेको लागुऔषध दुर्ब्यसनीका बिरुद्ध एक भएर लाग्नुको कुनै बिकल्प नभएको बताउनु भएको थियो।  प्रतियोगिताको निर्णायकको भुमिकामा हिमा बेलवासे, सुमित्रा बुढाथोकी र इन्द्र बहादुर पुन रहनु भएको कार्यक्रमको संचालन इन्द्रेणी महिला समूहका सचिव कमला बि।क।ले गर्नु भएको थियो भने स्वागत यशोदा घतानेले गनु भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img