spot_img
spot_img
spot_img

बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न

spot_img

देवदह ।

देवदह ५ ले बालबालिकाको लागि आवधिक लगानी योजना निर्माण गोष्ठी सम्पन्न गरेको छ। देवदह नगरपालिका वडा नं ५ को आयोजनामा पानबारीस्थित स्वास्थ्य तालिम केन्द्रमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।वडा कार्यालयले वडालाइ बालमैत्री वडा बनाउने अभियान सहित वडा बाल संजाल गठन, टोल टोलमा बाल क्लब परिचालन देखि बालबालिकाको नेतृत्व विकास तालिम, टोल विकासलाई बालमैत्री सुचकको अभिमुखिकरण लगायतको कार्यक्रमलाई तिब्रता संगै बालबालिकाको लागि आवधिक योजनाको लागि लगानी गोष्ठी समेत सप्पन्न गरेको छ।

उक्त लगानी सम्बन्धी अन्तिम खाका आगामी असोज ७ गते वडा कार्यलयमा बालमैत्री वडा समितिको बैठक बाट थप छलफल गरि पारित गर्ने सोही अनुसार बालमैत्री अभियान संचालन गर्ने योजना रहेको वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेले जानकारी गराउनुभयो। कार्यक्रममा बालमैत्री राष्ट्रिय अभियान्ता शर्मिला पौडेलले गोष्ठीमा सहजीकरण गर्नु भएको थियो। उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि, वडा बाल संजाल, बाल सन्जाल फोकल पर्सन, स्वास्थ्य स्वयंसेविका र विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img