spot_img
spot_img
spot_img

अमेरिकी प्रतिनिधि सभाका सभामुख म्याकार्थी मतदानबाट पदमुक्त

spot_img

एजेन्सी ।  अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई पदबाट हटाइएको छ । संसदमा भएको मतदानपछि रिपब्लिकन सभामुख म्याक्कार्थीलाई पदबाट हटाइएको हो ।

मतदानमा सभामुख म्याक्कार्थीलाई हटाउने पक्षमा २ सय १६ मत र नहटाउने पक्षमा २ सय १० मत परेको थियो । सभामुख म्याक्कार्थीले आफूविरुद्धको प्रस्ताव व्यक्ति लक्षित भएको टिप्पणी गर्नुभएको छ। रिपब्लिकन सांसद म्याट गेट्जले म्याकार्थीलाई निष्कासन गर्न सोमवार संसदमा औपचारिक प्रस्ताव दायर गर्नुभएको थियो ।

म्याक्कार्थी अमेरिकी इतिहासमा यसरी मतदानबाट हटाइएका पहिलो सभामुख बन्नुभएको छ । सभामुख पदमुक्त भएपछि संसदमा बजेटमाथिको छलफल प्रभावित हुने देखिएको छ । तत्कालका लागि रिपब्लिकन सांसद प्याट्री म्याकअन्रीलाई अन्तरिम सभामुख छानिएको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img