२०८०-०६-२२ राशिफल
मेष : केही झन्झटिलो काम आईलाग्न सक्छ। आयमा कमि आउन सक्ने छ भने आजको दिनमा नयाँ काम थालनी नगर्दा राम्रो हुनेछ।
बृष: स्वास्थ्यमा समस्या आउन सक्नेछ।आजको दिनमा कसैलाई ऋण नदिनु राम्रो हुनेछ।प्रेम प्रसङ्ग भने राम्रो देखिएको छ।यात्राबाट लाभ भने होला।मित्रजन सहयोग प्राप्त हुनेछ।
मिथुन: मिष्ठान्न भोजन प्राप्त हुन सक्ने छ। पुराना कामहरु पुरा हुनेछन। अरुको कार्यमा समय खर्चिनु पर्ने हुनसक्छ।यात्राको योग बनेको छ।आर्थिक कारोबारका लागि समय सामान्य रहेको छ।
कर्कट : आनन्द एवम खुसीको समय रहेको छ। केही शुभ समचार सुन्न मिल्नेछ। वैदेशिक रोजगारीका लागि दिन उत्तम रहनेछ।सम्बन्धका लागि दिन शुभ रहेको छ।
सिंह :स्वास्थ्य समस्या रहन सक्नेछ ।कसैको कुरामा पुर्ण सहमत हुदा नोक्सान समेत हुन सक्छ। आफन्तमा दु:खद खबर सुन्न पर्नेछ।दिन खर्चिलो बन्न सक्नेछ।
कन्या: समय सामान्य रहेको छ। सानो प्रयासले पनि सफल्ता मिल्नेछ। काम लम्बिने भएकाले दिक्क लाग्न सक्छ। विज्ञको सल्लाह लिएर काम गर्नुहोला।
तुला: बहसको पात्र बन्नु पर्नेछ।कसैको कुराले मन खिन्न तुल्याउने छ। यात्राका लागि निस्कनु परे गुलियो खाएर निस्कनु होला ।कार्यक्षेत्रमा समय बित्नेछ भने फाईदा समेत हुनेछ।
बृश्चिक : वैदेशिक यात्राका लागि दिन राम्रो रहेको छ।शत्रुमाथी जित हासिल हुनेछ।थालेको कार्य समापनका लागि भने राम्रो समय छ।वैदिक एवम धार्मिक कार्यमा सारिक हुने अवसर मिल्नेछ।
धनु: सम्बन्धमा अनायास बिबाद आउन सक्नेछ।वैदिक तर्क गर्नुपर्ने हुन सक्छ।कसैको कुरालाई धेरै गहिरो तरिकाले लिए सम्बन्ध समेत बिग्रीन सक्छ।व्यापार तथा शैक्षिक क्षेत्रका लागि राम्रो रहेको छ।
मकर: सम्बन्धमा मिठास बढ्नेछ । वैदेशिक क्षेत्रको कार्य सफल बन्नेछ। नयाँ ब्यपार तथा योजनाका लागि राम्रो समय रहेको छ। दीर्घकालीन कामहरु थालनी हुन सक्नेछ।
कुम्भ: आकस्मिक धन प्राप्त हुन सक्नेछ। प्रतियोगिता तथा खेल्कुद एवम मनोरञ्जनात्मक कार्यमा समय बित्न सक्नेछ। स्वास्थ्यमा केही समस्या आउने हुदा बिशेष ध्यान दिनु पर्ने हुन सक्छ।
मीन : सम्बन्धमा सुधार हुनेछ।वैदिक कार्यमा समाबेश हुने अवसर मिल्नेछ।कानुनी कामका लागि भने अलिक झन्झटिलो देखिएको छ।विद्यार्थीहरुका लागि समय बिशेष लाभदायक रहेको छ।
नोट: राशीफल भनेको राशिहरुको भाव अस्वस्था तथा तिनमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।
ज्योतिषी
आत्माज्ञान गुरु / अमृता पोखरेल