काठमाडौं । योगराज ढकाल ‘रिगल’लाई सर्वोच्च अदालतमा परेको रिटमा आज बिहिबार सुनुवाई हुन सकेन । रिगललाई आममाफी दिने राष्ट्रपतिको निर्णय विरुद्ध प्रधानन्याायधीश विश्वम्भर श्रेष्ठ नेतृत्वको संयुक्त इजलाशमा आज पेशी तोकिएकोमा इजलाशमा रहेका न्यायाधीश आनन्दमोहन भट्टराइले आफूले यसअघि पनि यस्तै प्रकृतिको मुद्धामा फैसला गरिसकेकाले सोही प्रकृतिको मुद्धाको सुनुवाई गर्न नमिल्ने भने पछि सुनुवाई हुन नसकेको हो । त्यसपछि मुद्धाको अर्को पेशी कात्तिक १४ गतेका लागि तोकिएको छ । इजलाशमा प्रधानन्यायाधीश श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेका थिए ।
रिगलले आममाफी पाएकोमा असन्तुष्टि व्यक्त गर्दै चेतनकी श्रीमति भारती मानन्धरले रिगल बिरुद्ध सर्वाेच्चमा रिट निवेदन दिनु भएको थियो ।