काठमाडौं ।
नेपाल राष्ट्र बैंकले दसैं,तिहार,छठ लगायत चाडपर्वलाई लक्षित गर्दै आज सोमबारबाट नयाँ नोट सटही सुविधा उपलब्ध गराएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडवाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको हो ।
काठमाडौं उपत्यकाभित्र केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ भने उपत्यकाबाहिर राष्ट्र बैंकले तोकेका बैंकहरुका प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही गर्न सकिनेछ ।
राष्ट्र बैंकले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको हो ।