बुटवल । आजदेखि मौसम खुल्दै जाने मौसमविदले जनाएको छ । देशका धेरै ठाउँमा अहिले घाम लागीरहेको छ। तर, बेलुकीपख पहाडी क्षेत्रका एक दुई ठाउँमा भने हल्का पानी पर्न सक्ने मौसमविद्ले बताएका छन ।
पश्चिमी वायुको प्रभाव कमजोर भएको र मनसुन पनि बाहिरिसकेकाले तत्काललाई खासै वर्षाको सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले बताउनुभएको छ।
यस्तै हिजो अस्तिको वर्षाले चिसो बढाएको छ । देशभरको अधिकतम र न्यूनतम तापक्रम घट्दो क्रममा छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??