spot_img
spot_img
spot_img

सहायता सामग्री पुर्‍याउन गाजा क्षेत्रमा सीमा खोल्ने सम्झौता

spot_img

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्‍याउन अनुमति दिने एक सम्झौता शुरु गर्नुभएको छ । इजराइलमा प्रत्यक्ष भेटवार्ता र इजिप्टसँग टेलिफोन वार्तापछि इजिप्टबाट गाजामा सहायता पुर्‍याउन भोलिदेखि सीमित सङ्ख्यामा ट्रकहरूलाई अनुमति दिइने बाइडेनले बताउनुभयो । गएको असोज २० गते अर्थात अक्टोबर ७ तारिख यता गाजामा प्रवेश गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत हुनेछ ।

अक्टोबर ७ तारिखमा प्यालेस्टिनी विद्रोही समूह हमासले इजराइलमा आक्रमण गरेपछि द्वन्द्व चर्किएको छ । एक हजार चार सय भन्दा धेरैको ज्यान गएको अनुमान छ भने झण्डै दुई सय जनालाई हमासले बन्धक बनाएको आशंका छ । हमासको आक्रमण पछि इजराइलले गाजा क्षेत्रमा लगातार आक्रमण गरिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घ र मानवतावादी समूहहरूले गाजामा सैन्य पकडलाई कम गर्न पानी, खाद्यान्न, इन्धन र औषधिहरूको आपूर्तिको अनुमति दिन आग्रह गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img