spot_img
spot_img
spot_img

गाजाको अस्पताल आसपास इजरायलको आक्रमण, डाक्टर भन्छन् : अस्पताल खाली गर्न असम्भव

spot_img

एजेन्सी ।

द्वन्द्व प्रभावित गाजा क्षेत्रका डाक्टरले अस्पताल खाली गर्न असम्भव भएको बताएका छन् । इजरायलले उत्तरी गाजा क्षेत्रमा रहेको अल कुद्स अस्पताल तत्काल खाली गर्न भनेपछि डाक्टरहरुको यस्ताे प्रतिक्रिया आएको हो ।इजरायलले प्यालेस्टाइनको विद्रोही समूह हमास विरुद्धको आक्रमण बढाउँदै अस्पताल आसपासका क्षेत्रमा आक्रमण गरिरहेको छ । अस्पतालमा हमास लडाकु लुकेको हुन सक्ने इजरायलको आशङ्का छ । तर, अस्पतालका निर्देशकले भने अस्पतालमा विद्रोही समूह नभएर प्यालेस्टाइनका नागरिकहरु आश्रय  लिएर बसिरहेका बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तै, विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले पनि अस्पताल क्षेत्रमा भइरहेको आक्रमणको भत्सर्ना गर्दै अस्पताल खाली गराउन असम्भव रहेको जनाएको छ । यस्तै, गाजापट्टीको राफाहमा रहेको गोदाममा हजारौँ मानिस प्रवेश गरेर त्यहाँ लुटपाट गरेका छन् । गाजाबाट प्राप्त तस्बिरहरूमा राशन र अन्य अत्यावश्यक वस्तुहरू वितरण केन्द्रहरूमा मानिसहरू प्रवेश गरेको र त्यहाँ भागदौड र अराजकताको वातावरण सिर्जना भएको देखिएको बीबीसीले जनाएको छ

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img