बुटवल ।
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपाल एरिया ३ अन्तर्गतका पाँच ओटा जोनहरुको सक्रियतामा नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ सुस्तामा रहेको श्री जनता दलित आधाभूत विद्यालयमा एक कार्यक्रम बिच स्कुल सपोर्ट कार्यक्रम अन्तर्गत सहयोग वितरण सम्पन्न गरेको छ ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि सुस्ता गाउँपालिका वडा नं. ५ सुस्ताका अध्यक्ष प्रभुनाथ यादवले बोल्नुहुँदैन नेपाल सरकारको समेत नजर पर्न नसकेको विवादित र दुर्गम क्षेत्र सुस्ता दशगजा क्षेत्रमा रहेको विद्यालयलाई प्राथमिकतामा राखी लायन्स क्लवबाट सहयोग हस्तान्तरण गर्नुभएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिनुभएको थियो । यस सिमा विवादको रुपमा रहेको सुस्ता अतिक्रमण भूमी रक्षाको लागि र यस दुर्गम पिछडिएको क्षेत्रको विकासको लागि यस्ता अन्र्तराष्ट्रिय क्लवहरु, संघसंस्था र नेपाल सरकारको ध्यान जानुपर्नेमा वडा अध्यक्षले जोड दिनुभएको थियो ।
विद्यालयको पधानाध्यापक माधव थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वृजेश साह, सुस्ता बचाउ अभियन्ता नुर जरह वेगम लगायतले शुभकामना मन्तव्य सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ नेपाल एरिया ३ लायन वर्ष २०२३/२४ का जोनचेयपर्सनहरु जोन १८ का लायन बिनोद थापा मगर, जोन १९ का लायन तिलक राम खनाल, जोन ११ का लायन लोकेन्द्र लिम्बु, जोन १५ का खेम ब. घर्ती मगर, जोन १० का विकास श्रेष्ठ केही महिना अघि फेलोसिपको क्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ पि को ब्रान्डिङ गर्न र लायन्समा केही पृथकता दिन नयाँ सोचका साथ उक्त क्षेत्र र विद्यालयलाई छनौट गरिएको र उक्त विद्यालयमा सिकाई क्रियाकलापमा शिक्षक तथा विद्यार्थीहरुलाई सहज गराउनको लागि शैक्षिक सामाग्री, पुस्तकालयको लागि पुस्तक, खेलकुद सामाग्री तथा माइक र स्पिकर वितरण गरिएको उक्त कार्यक्रमको संयोजक लायन बिनोद थापा मगरले जानकारी गराउनुभयो ।
उक्त कार्यक्रममा एरिया ३ का एरिया चिफ लायन बिनोद सुवेदीद्धारा उक्त सुस्ता क्षेत्रमा पुगेर सहयोग गर्न पाउँदा आफूलाई भाग्यशाली मान्दै उक्त क्षेत्रको बालबालिकाहरुको शैक्षिक भविष्यको लागि लायन्सको तर्फबाट लायन्स इन्टरनेशनलमा प्रोजेक्टको लागि प्रपोजल पेश गरि सहयोगको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
लायन्सका पाँच जना जोनहरुको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा व्यक्तिगत रकम संकलन गरिएको र एरिया ३ का एरिया चिफ लायन बिनोद सुवेदी, लायन्स क्लव अफ बुटवल स्टार, डिष्ट्रिक्ट एलसिएफ कोअर्डिनेट एमजेएफ लायन सन्दिप कशौधन, एरिया ३ का एरिया सचिव लायन प्रकाश भट्टराई लगायतकोे समेत सहयोग रहेको जोन चेयर पर्सन विकास श्रेष्ठले जानकारी गराउनभयो । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा रु. ३५ हजार बराबरको सहयोग वितरण गरिएको जोन चेयर पर्सन लायन खेम ब. घर्ती मगरद्धारा जानकारी गराउनुभयो ।
विद्यालयका व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक कर्मचारी, विद्यार्थी, अभिभावक, स्थानिय समाजसेवी, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी लगायतको उपस्थिती रहेको उक्त कार्यक्रम एरिया ३ का एरिया चिफ कअर्डिनेटर लायन बिनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक लायन बिनोद थापा मगरले स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुएको थियो । कार्यक्रममा झण्डा अभिवादन जोन चेयर पर्सन लायन लोकेन्द्र लिम्बुले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन जाने चेयर पर्सन लायन तिलक राम खनालले गर्नुभएको थियो ।