spot_img
spot_img
spot_img

२०८० माघ १० गते बुधबारको राशिफल

spot_img

मेष : आयमा कमि भए पनि ठूलो समस्या टर्नेछ। खर्च गरेका स्थानमा पनि विभिन्न अवसर प्राप्त हुनेछ। परिश्रम को कदर हुदा अनेक मौकाहरु मिल्नेछन । दीर्घकालीन फाईदाका शुत्रब प्राप्त हुनेछ।

वृष :नयाँ व्यवसाय सुरु गर्ने राम्रो समय रहेको छ। महत्वपूर्ण काम सम्पन्न गरे मार्फत इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। धन सञ्चय गर्ने शुभ समय छ।

मिथुन :प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। आफ्नो कार्यको उचित मूल्य हुनुका साथै आम्दानी र मनोबल बढ्नेछ।

कर्कट : आकस्मिक यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथिको बिदाई वा दुख को खबर सुन्दा मन बिचलित पनि हुनसक्छ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।

सिंह : अफ्ट्यारो जस्तो देखिए पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। अरुको बिबादमा नपर्दा उचित हुनेछ।

कन्या : कार्यक्षेत्रमा प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

तुला : कलाकारिता एवम एतिहासिक क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। राजनीतिक साथ एवम सहयोग मिल्न सक्छ।

वृश्चिक :विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ। अन्योलमा पर्दा मन चिन्तित बन्न सक्छ। धैर्य गर्दा उचित फल मिल्नेछ।

धनु :काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। कार्यक्षेत्रबाट बाहिरिएका ब्यक्तिको पुनः आगमन हुन सक्छ।

मकर : सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। बिबादास्पद तर्क नगर्नु उचित हुनेछ। पार्टनरको साथ सहयोगले धेरै काम बन्नेछ।

कुम्भ : अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

मीन : उपलब्धिहरु पनि क्षण हुन सक्छ तसर्थ आजको दिन धेरै आलोचित हुने कार्य नगर्नु। मनमा गुम्सिएका कुराहरु प्रीयजन संग सुनाउनु। आतुरता र आलश्यता दिनको अन्त्य संगै सकिनेछ। नयाँ एवम समधानका बाटोहरु मिल्नेछन।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img