काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आचार्यको सोमबार निधन भएपछी उनको पार्थीव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखिएको थियो । आज आचार्यलाई श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका प्रधानमन्त्री दाहालले सो प्रतिवद्धता जनाउनुभएको हो ।
उहाँले वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणाीय क्षति पुगेको बताउनुभयो । उहाँले स्व. आचार्यले गीत, संगीतको क्षेत्रमा पु¥याउनुभएको योगदान अजर अमर रहने बताउनुभयो । उहाँले उहाँका सिर्जनाहरु कालजयी रहने बताउनुभयो ।