काठमाडौं ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । आज बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सम्बोधनपछि उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।
माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुपर्ने थियो । तर विश्वासको मत नपुग्ने भएपछि चौधरीले पदबाट राजीनामा दिनुभएको हो । चौधरी गत वैशाख १४ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??