spot_img
spot_img
spot_img

आज उपनिर्वाचनका उम्मेदवारहरुको नामावली प्रकाशन गरिने

spot_img

काठमाण्डौ ।

उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली सोमबार (आज) सार्वजनिक गरिँदै छ । आइतबार उमेदवारको विरोधमा उजुरी दिने समय थियो। सोमबार बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरि उमेदवारको नामावली प्रकाशन गरिने बताईएको छ ।

मंगलबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । मंगलबार दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । बैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २० जना र बझाङ १ (क)मा प्रदेशसभा सदस्यको लागि १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img