spot_img
spot_img
spot_img

रहेनन् टाउको जोडिएका जुम्ल्याहा, ६२ वर्षमा निधन

spot_img

एजेन्सी ।

जन्मिंदै टाउको जोडिएका जुम्ल्याहा लोरी शापेल र जर्ज शापेलको ६२ वर्षको उमेरमा निधन भएको छ ।अमेरिकाको फिनाडेल्फियामा उनीहरुको मृत्यु भएको हो। अन्तिम संस्कार गर्ने संस्थाले उनीरुको मृत्युको काण भने खुलाएको छैन ।

मेयो क्लिनिकमा सर्जरी विभागका प्राध्यापक डाक्टर क्रिस्टोफरक मोयरले हालसम्म शरीर जोडिएका ६ वटा जुम्ल्याहाको सफल शल्यक्रिया गरेर अलग गर्न सफल भएका छन् । तर, उनले यसरी टाउको जोडिएका जुम्ल्याहाको भने हालसम्म शल्यक्रिया गरेका छैनन।

उनका अनुसार यदि लोरी र जर्जमध्ये एकजनाको पहिले मृत्यु भयो भने त्यसको केही बेरमै अर्कोको पनि मृत्यु पक्का थियो । किनकि यसरी शरीर जोडिएका जुम्ल्याहा अर्थात् कन्ज्वाइन्ड ट्वीन्सको शरीरमा साझा रक्तसञ्चार हुन्छ। डाक्टर मोयरका अनुसार यसअघि यदि कसैले चमत्कारिक रुपमा जर्ज र लोरीको शल्यक्रिया गरेर टाउको छुट्याइदिएका भए पनि उनीहरु यति लामो समयसम्म जिवित रहन गाह्रो थियो ।

डाक्टर मोयरका अनुसार यसअघि यदि कसैले चमत्कारिक रुपमा जर्ज र लोरीको शल्यक्रिया गरेर टाउको छुट्याइदिएका भए पनि उनीहरु यति लामो समयसम्म जिवित रहन गाह्रो थियो । शल्यक्रियापछि तत्कालै कुनै एक जनाको मृत्यु हुनसक्थ्यो । लोरी र जर्ज वास्तवमा अनुमानभन्दा धेरै लामो समयसम्म बाँच्न सफल भए । उनीहरु क्रानियोपेगस ट्वीन्स थिए । अर्थात् उनीहरुको टाउको आपसमा जोडिएको थियो, जुन दुर्लभ हुन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img