बुटवल ।
बुटवलको देविनगरस्थित एक गोदाममा मँगलबार विहान आगलागी भएको छ । देविनगरको नारायणपथ स्थित ओम प्राप्ती एण्ड प्रिसा सप्लायर्समा मँगलबार विहान आगलागी भएको हो । आगलागीबाट दुई करोड पचास लाख बढी क्षति भएको सञ्चालकका प्रिजम श्रेष्ठले दाबी गरे । ४ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
गोदाममा मोटरसाइकलका पार्ट्स, टायर, मोविल, लिक्वीड लगायतका सामग्रीहरु जलेर नष्ट भएका छन् । विहान करिव ४ बजेको समयमा आगलागी भएको बारे आफूलाई जानकारी प्राप्त भएको सञ्चालक श्रेष्ठले बताए ।स्थानीय, प्रहरी तथा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि गोदामका अधिकांश सामग्री जलेर नष्ट भएका छन् ।