काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लुरुले फराकिलो जित निकालेको छ । बिहीबार राति पन्जाब किंग्सविरुद्ध बेंग्लुरुले ६० रनको जित दर्ता गरेको हो । घरेलु टोली पन्जाबका कप्तान साम कुरानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि आरसीबीका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै पञ्जाबलाई २४२ रनको कठिन लक्ष्य दिएका थिए ।
यस लक्ष्यको जवाफमा पन्जाबका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरे पनि १७ ओभरमा १८१ रनमा पूरै टिम ढलेको थियो र यो हारसँगै पन्जाब टोली आइपीएलको प्लेअफ होडबाट पुरै बाहिर भएको छ ।
जितसँगै आरसीबीले प्रतियोगिताको प्लेअफ होडमा आफूलाई कायमै राखेको छ । फाफ डु प्लेसिस र कम्पनीलाई प्रतियोगितामा १४ अंकसहित प्लेअफको ढोका खोल्नका लागि अर्को दुई खेल जित्न आवश्यक छ। आइपीएलमा आज राति गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्स आमने सामने हुने छन् ।
-एजेन्सी