spot_img
spot_img
spot_img

यूपीमा चाउचाउ खाँदा १२ वर्षीय बालकको मृत्यु, ५ जना बिरामी

spot_img

काठमाण्डौ ।

भारतको उत्तर प्रदेश राज्यको पिलभितमा राज्यको पीलभीतमा चाउचाउ खाएकै कारण एक १२ वर्षीय बालकको मृत्यु भएको दाबी गरिएको छ । चाउचाउ खाएपछि परिवारका ६ जना बिरामी भएका थिए । अस्पतालमा उपचारका क्रममा बालकको भने मृत्यु भएको थियो । फूड प्वाइजनिङका कारण सबै जना बिरामी भएको आशंका गरिएको छ ।

स्थानीयहरूको अनुसार पूरनपुर इलाकामा बिहीबार राति चाउचाउ र भात खाएपछि एकै परिवारका तीन बालबालिकासमेत ६ जना बिरामी भएका थिए । बिरामीहरूलाई निजी अस्पतालमा लगिएको भएपनि बालकको भने उपचारकै क्रममा निधन भयो ।

बाँकी बिरामीको हालत भने स्थिर रहेको बताइएको छ । परिवारका सदस्यहरू चाउचाउको साथमा अन्य केही खानेकुरा खाएकोले बिरामी परेको हुन सक्ने खाद्य विभागका द्वितीय सहायक आयुक्त शशांक त्रिपाठीले भनेका छन् । यस मामिलाबारे छानबिन भइरहेको बताइएको छ । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img