काठमाण्डौ ।
सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई निर्दोष सावित गर्दै सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।
भोली सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँने क्यानले जनाएको छ । नेपालले सन्दीपलाई पठाउदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने क्यानको भनाई छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??