spot_img
spot_img
spot_img

प्ले–अफ चरणमा पुग्न सङ‍्घर्षरत हैदराबादलाई उपाधि होडबाट बाहिरिएको गुजरातको चुनौती

spot_img

काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा बिहीबार दुई फरक लक्ष्य बोकेका टोलीबिच भिडन्त हुँदैछ । प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न सङ‍्घर्षरत सनराइजर्स हैदराबादले उपाधि होडबाट बाहिरिइसकेको गुजरात टाइटन्सको सामना गर्नेछ । खेल राति ७ः४५ बजे हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ । जारी आईपीएलमा खेल्न लागिएको यो ६६औँ खेल हो । यसपछि आईपीएलको लिग चरणमा चारवटा खेलमात्र खेल्न बाँकी रहने छ ।

यसैगरी गुजरातले भने जारी सिजनको आईपीएलमा खेल्न लागेको यो १४औँ खेल हो । गुजरातले यसअघि खेलिएको १३ मध्ये पाँच खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । गुजरातको एक खेल भने अनिर्णित रुपमा सकिएको थियो ।

गुजरात ११ अंकसहित तालिकाको आठौँ स्थानमा आसिन छ । लिग चरणमा गुजरातको यो अन्तिम खेल हो। गुजरात यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ। गुजरातसँगै मुम्बई इन्डियन्स र पञ्जाब किङ्स पनि लिग चरणबाटै बाहिरिने पक्का भइसकेको छ ।

आईपीएलको १७औँ संस्करणमा हैदराबाद र गुजरात आपसमा भिड्न लागेको यो दोस्रो पटक हो । यसअघि आफ्नो घरेलु मैदानमा खेलिएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो ।

बिहीबारको खेलमा गुजरातलाई हराएमा हैदराबाद १६ अंकसहित दोस्रो स्थानमा उक्लने छ । हाल १३ खेलबाट १९ अंक बटुलेको कोलकाता नाइट राइडर्स पहिलो र समान खेलबाट १६ अंक जोडेको राजस्थान रोयल्स दोस्रो स्थानमा छन् । कोलकाता र राजस्थान प्ले–अफ चरणमा पुगिसकेका छन् । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img