काठमाण्डौ ।
लन्डनबाट सिङ्गापुरका लागि उडेको एउटा विमान आँधीमा फस्दा एक जना यात्रुको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । सिंगापुर एयरलाइन्सको यो विमान पनि हवाई आँधीमा फसेको बताइएको छ । सिङ्गापुर गइरहेको यो उडानलाई आकस्मिक रुपमा बैंककमा अवतरण गर्नु परेको थियो । सो बोइङ ७७७–३०० ईआर विमानमा कुल २११ यात्रु र १८ चालक दलका सदस्य सवार रहेको सिंगापुर एयरलाइन्सले बताएको छ ।
सिङ्गापुर एयरलाइन्सले मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ । हवाई आँधीलाई एयर टर्ब्यूलेन्स भनिन्छ। हवाई आँधीमा विमान फसेर यात्रीहरुलाई चोटपटक लागेको घटनाहरु धेरै सुन्नमा आउँछन् ।
-एजेन्सी
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??