बाँके ।
बाँकेको कोहलपुरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ। सोमबार बेलुका साढे ६ बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयाकी ४५ वर्षीया प्रेमा थारुको आफ्नै घरको धारामा नुहाउने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
पानी परिरहेको हुँदा मोटरमा करेन्ट प्रवाह भएको हुन सक्ने र त्यहीँबाट करेन्ट लागेको अनुमान गरिएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??