spot_img
spot_img
spot_img

दक्षिण कोरियामा किम्ची खाएर हजार जना बिरामी

spot_img

काठमाण्डौ ।

दक्षिण कोरियामा किम्ची खाएर हजार जना भन्दा धेरै अस्पतालमा भर्ना भएका छन् । नामवन सहरका अधिकारीहरूले बताएअनुसार शुक्रबार बिहान ९९६ जना बिरामी थिए । शनिबार मध्याह्नसम्म यो सङ्ख्या बढेर १ हजार २४ पुगेको थियो ।

विद्यालयको खाजामा किम्ची बाँडिएको थियो । सो किम्ची खाएर २४ विद्यालयका विद्यार्थी र कर्मचारीहरूलाई बान्ता आउने, पखाला लाग्ने पेट दुख्ने जस्ता समस्या देखिन थाल्यो । बुधबार देखि विद्यार्थीहरू बिरामी पर्न थालेका थिए । बुधबार १५३ रहेको यो सङ्ख्या बढेर  बिहीबार ७४५ मा पुगेको थियो । किम्चिमा नोरोभाइरस पाइएको बताइएको छ ।

-एजेन्सीको सहयोगमा
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img