काठमाडौं ।
आज उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदुत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारमा उपप्रधानमन्त्री सिंह र राजदुत सङबीच भेटवार्ता भएको हो ।
भेटमा चीनका तर्फबाट राजदुतले उपप्रधान एवं शहरी विकासमन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिदै नेपाल र चीन बीचमा शहरी विकासको क्षेत्रमा सहकार्यका बारेमा पनि छलफल गर्नुभएको छ ।
चीनले रुकुम र जाजरकोटमा गत वर्ष गएको भूकम्पपछिको पुनःनिर्माणमा सघाउन तयार रहेको राजदुतले बताउनुभएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??