काठमाण्डौ ।
जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीले आधिकारिक निर्णय गरेको नगरेको तर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टी सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिँदै हुनुहुन्छ । उहाँले भोलि वा पर्सी संसदीय दलको बैठक बसेर यस बारेमा आधिकारिक निर्णय गर्ने बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??