spot_img
spot_img
spot_img

पेटभर नखाएरै यी युवकले २० वर्षमा बचाए १३ करोड २० लाख येन

spot_img

काठमाण्डौ ।

हालै एक जापानी पुरुषले इन्टरनेटमा सनसनी मच्चाए । छिटै जागिरबाट सेवा निवृत्त हुने लक्ष्य लिएर ती युवकले गएको २ दशकभन्दा बढी समयमा १३ करोड २० लाख येन बचाएका थिए । नाम नखुलाइएका ती पुरुष ४५ वर्षका थिए । गएको २० वर्ष १० महिनायता उनले पैसा जम्मा गरिरहेका थिए । सन् २००० को सुरुमा ती पुरुषले स्थिर तर निकै खटिनु पर्ने जागिर पाए । उनको वार्षिक तलब झन्डै ५० लाख येन (३२ हजार डलर) थियो ।

जागिर छाडेर अलि कम तनाव भएको जागिर खोज्नुको सट्टा युवकले सोही जागिर गरिरहे । सबै दुःख कष्ट खपेर टन्न पैसा बचाएर छिटै सेवानिवृत्त हुन उनले सकेसम्म धेरै बचाउन थाले । गएको २ दशकमा पैसा बचाउन उनले जति कन्जुस्याइँ गरे यसले मानिसहरू छक्क परेका छन् । सकेसम्म छिट्टै १० करोड येन बचाउन ध्याउन्नमा पुरुषले आफ्नो जीवनशैली पूरै परिवर्तन गरे ।

भाडाको अपार्टमेन्ट छाडेर कम्पनीले कर्मचारीलाई दिने कोठामा बसे । अत्यावश्यक सामान र फर्निचर समेत किनेनन् । बरु मान्छेले फालेका सामान ल्याएर काम चलाए । गर्मीका लागि न त एसी किने न जाडोका लागि ब्ल्याङ्केट । जाडोमा शरीरलाई तातो राख्न व्यायाम गर्थे। कन्जुस्याइँको असर उनको खानपानमा सबैभन्दा बढी देखियो । सामाजिक सञ्जालमा उनले हालेको तस्बिर अनुसार उनको खाना भात र फलफूल वा तरकारीका सानो टुक्रा मात्रै हुन्थ्यो । कहिलेकाहीँ त उनी यो पनि खान्नथे । इनर्जी ड्रिङ्ककै भरमा दिन कटाइदिन्थे ।

कोन्बिनीमा छूटमा पाइने सामान मात्रै किन्थे । रमाइलो वा मनोरञ्जनका लागि डर्मिटरीमा जेलसम्बन्धी फिल्म मात्रै हेर्थे । २ दशकभन्दा बढी समयसम्म महाकन्जुस्याइँ गरेपछि उनको खातामा १३ करोड २० लाख येन जम्मा भयो । यति पैसा ती पुरुषलाई सेवा निवृत्तिका लागि पर्याप्त थियो । उनले आफ्नो कञ्जुस्याईमाथि किताब पनि लेखे । किताबबाट पनि उनले केही नाफा कमाए । तर यो वर्ष सुरु भएयता अमेरिकी डलरको तुलनामा जापानी येनको भाउमा आएको अवमूल्यनका कारण ती पुरुषलाई सेवा निवृत्ति लिन गाह्रो भयो ।

यही गतिमा येनको अवमूल्यन भइरह्यो भने आफूले वित्तीय स्वतन्त्रता कहिले हासिल गर्न नसक्ने ती पुरुषको चिन्ता छ । आफूले यतिका वर्षदेखि गरेको दुःख कष्ट सबै व्यर्थ भएको र यो अति नै पीडादायक रहेका उनले बताएका छन् । यतिबेला जापान र चीनमा यी पुरुषको कथा भाइरल भइरहेको छ । यसबारे नागिरकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । पैसा बचाउने उनको सनकबाट केही प्रभावित भएका छन् भने केही चाँहि त्यस्तो खराब खानपानका कारण पनि पुरुष बिरामी नपरेको देखेर छक्क छन् ।

-एजेन्सीको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img