spot_img
spot_img
spot_img

देवदहमा गुन्जिय साहित्यकार

spot_img

देवदह । रुपन्देहीको देवदहमा “उज्यालोमा श्रष्टा” नामक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

समजको पारर्दशिता, साहित्य र पत्रकारिता भन्ने मूल नारा लिएर स्थापना भएको नवयुगका युवाहरुको समूह उज्यालो लाल्टिन प्रतिष्ठानले सामाजिक रुपान्तरण, सामाजिक न्याय, समान सहभागिता र युवा जागरणका निमित्त उज्यालो अभियानलाई निरन्तरता दिने गरी कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सुनसरीबाट साहित्यकार भवानी नेपाल, कवि दीप मिलन- रूपन्देहीबाट, गजलकार आर सी संकल्प गोरखाबाट, राज यात्री लम्साल मोरङबाट, सरोज संगम- म्याग्दीबाट, ईन्धन डिबी भण्डारी गुल्मीबाट र पूजा जिज्ञासु पाल्पाबाट गरी ७ जना साहित्यकारहरुले रचनावाचन गरेका थिए। साहित्यकारहरुले रचना मार्फत देश र माया प्रेमका भावनात्मक अभिव्यक्तिहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले उज्यालो लाल्टिन प्रतिष्ठानले गरेका सामाजिक कार्यहरूको प्रशंसा गर्नुभयो । साहित्य र अन्य ढंगबाट सामाजिक क्रियाकलापहरु संचालन गरि समाज रुपान्तरणमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै उपप्रमुख गुरुङले आगामी दिनहरुमा समेत निरन्तरता दिन सुझाव दिनुभयो।

देवदह नगरपालिकाको आर्थिक सहयोग अनुराग साहित्य समाज र युगिन साहित्य समाज देवहको समन्वयमा यति ब्रुअरी लिमिटेडको प्रायोजनमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम प्रतिष्ठानका सदस्य एलिना हमालको अध्यक्षता र सदस्य मुकेश ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img