spot_img
spot_img
spot_img

नमुना हरियाली क्रिकेट कप २०८१ को उपाधि पालीनन्दन वारियर्सलाई

spot_img

देवदह । नमुना हरियाली क्रिकेट कप २०८१ को उपाधि पालीनन्दन वारियर्सले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा रोमाञ्चक जित हासिल गर्दै वारियर्सले नमुना हरियाली क्रिकेट कप २०८१ को उपाधि जित्न सफल भएको हो ।

फाइनल खेलमा पालीनन्दन वारियर्स र नमुना हरियाली बीच कडा प्रतिस्पर्धा भयो । टस जितेर बलिङ रोजेको पालीनन्दनले सुरुमा उत्कृष्ट बलिङ प्रदर्शन गरे पनि नमुना हरियालीका खेलाडी विष्णुले ५३ रन र विकासले ४६ रनको उत्कृष्ट पारी खेले। अन्य खेलाडीको योगदान सहित नमुना हरियाली ‘बी’ले २० ओभरमा १७० रनको चुनौती प्रस्तुत गर्‍यो ।

१७० रनको लक्ष्य पछ्याउँदै पालीनन्दन वारियर्सले पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । टिमका लागि  रविषले ५४ रन र अनिसले ३८ रन बनाएर टिमलाई जितको नजिक पुर्‍याए। खेलको अन्तिम ओभरमा रोमाञ्चक क्षणहरू सिर्जना भए, जहाँ रविषले निर्णायक छक्का प्रहार गर्दै पालीनन्दनलाई तीन विकेटले जित दिलाए । उक्त खेलमा ५४ रन बनाउँदै निर्णायक पारी खेलेका रविष म्यान अफ द म्याच घोषित भएका थिए ।

प्रतियोगितामा १३८ रन र ६ विकेटको उत्कृष्ट प्रदर्शन सहित विष्णु पाण्डे म्यान अफ द सिरिज र बेस्ट ब्याट्सम्यान घोषित भए । त्यस्तै  विकास बेलवासेले १० विकेट लिएर प्रतियोगिताको बेस्ट बलरको उपाधि जिते ।

विजेता टोली पालीनन्दन वारियर्सलाई नगद रु ५०,०००, सिल मेडल र ट्रफी प्रदान गरियो। उपविजेता नमुना हरियाली (बी) नगद रु २५,०००, सिल मेडल र ट्रफी प्रदान गरिएको अध्यक्ष पारस न्यौपानेले बताए। प्रतियोगितामा विजयी टोलीलाई बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर रानाका पुरस्कार प्रदान गर्दै रोमाञ्चक प्रतियोगिताले स्थानीय खेलकुदको विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img