देवदह । रुपन्देहीको देवदहमा “माघे सकरातीको महत्त्व र संस्कृती संरक्षणमा चुनौती विषयक अन्तरक्रिया सम्पन्न भएको छ । लुम्बिनी पाना मिडियाको आयोजनामा देवदह-५ स्थित बौद्द बिहारमा “माघे सक्रान्तीको महत्त्व र संस्कृती संरक्षणमा चुनौती” विषयमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सह अध्यक्ष दल बहादुर विरकट्टाले नेपाल भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको मूलुक भएको बताउनुभयो । माघे सक्रान्ती पर्वलाई भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन रहेको उहाँले बताउनुभयो ।
माघ १ लाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन भने मगर समुदायले पनि माघ्या सकरातीको रुपमा विशेष महत्त्वका साथ मनाउने र माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न (सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिने भएकोले अब नेपालमा मानिने यस्ता खालका सास्कृतिक पर्वहरुको विशेष महत्त्व रहेको बताउनुभयो ।
त्यस्तै लेखक तथा पत्रकार यम रानाले सास्कृतिक पर्वहरुलाई अब पर्यटन सङ्ग जोडेर लैजानुपर्ने बताउनुभयो।माघे सकराती पर्व लगायत अन्य पर्वहरुलाई पर्यटन सङ्ग जोडेर आर्थिक समृद्धि हासिल गर्न लाग्नुपर्ने
रानाले बताउनुभयो । राजनीतिको कारण भाषा लोभ भएकोले भाषा, सस्कृति र संस्कारलाई जगेर्ना गर्न सबै जागरुक भएर लाग्नुपर्ने उहाँको भनाई थियो।
आयोजक संस्था लुम्बिनी पाना मिडियाका प्रबन्ध सम्पादक निर्मल एसपी मगरले मगर, थारु लगायत नेपाली जातजातिले मनाउने पर्व माघे सक्रान्ति पर्व लगायत अन्य पर्वहरुलाई संरक्षण गर्दै संस्कार, संस्कृतिको पहिचान र संरक्षण गर्ने दायित्वबोध गराउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।
कार्यक्रममा मगर संघका जिल्ला सल्लाहकार टेक बहादुर राना, बेद बहादुर थापा, नेपाल मगर संघका देवदह नगर अध्यक्ष मन बहादुर राना, पत्रकार रेशम अधिकारी,बिश्नु बराल, किशन बहादुर थापा लगायतले माघे सकरातीको महत्त्वको विषयमा जिज्ञासा राख्नुभएको थियो।
कार्यक्रम संस्थाका सल्लाहकार झमन थापा मगरको अध्यक्षता, सम्पादक लाल बहादुर थापाको स्वागत र सिबि सुनारी मगरको संचालनमा सम्पन्न भएको थियो।c