देवदह । रुपन्देहीको देवदहमा महिलाहरूलाई बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ । आ.व २०८१/८२ को वडा स्तरीय योजना अन्तर्गत उक्त तालिम देवदह नगरपालिका वडा नं १२ को आयोजनामा भएको हो ।
तालिमको समापन समारोहमा बोल्दै देवदह नगरपालिका वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारु मगरले तालिम लिगेर मात्र नहुने बताउदै सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रशिक्षक देवु भट्टराई, प्रशिक्षार्थी स्मृति गाहा मगर र कमल ज्ञवालीले आ-आफ्नो भनाई राखेका थिए।
स्थानीय ३७ जना महिलाहरुको सहभागिता रहेको धूप बनाउने तालिम ५ दिनसम्म सञ्चालन भएको थियो । तालिमको सहजीकरण लक्ष्मीदेवी श्रेष्ठ र देवु भट्टराईले गर्नु भएको थियोे।
कार्यक्रम देवदह नगरपालिका वडा नं १२ को वडा सदस्य उमा रानाको अध्यक्षता, वडा सदस्य गोबिन्द तेलीको स्वागत र वडा सचिव हरी भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।