spot_img
spot_img
spot_img

एनपीएलमा क्यानलाई २ कराेड ४६ लाख नाफा

spot_img

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट नेपाल क्रिकेट संघ क्यानले २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको छ । नेपाल प्रिमियर लिग परिचालन परिषद्ले बिहीबार बोर्ड बैठकमा पेस गरेको आय व्यय विवरण अनुसार उक्त रकम बचत गरेको हो ।

एनपीएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको छ । प्रतियोगिता सम्पन्न गर्न २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

जसबाट बचत रकमको ५० प्रतिशत अर्थात ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ ८ फेन्चाइच टोलीलाई बाडिएको छ । बाँकी ५० प्रतिशतबाट ७० लाख रुपैयाँ प्रदेशलाई बाडिएको छ । बाँकी २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको खातामा बचत भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img