spot_img
spot_img
spot_img

देवदह नगरपालिका अन्तर्गत कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१०% विद्यार्थी उत्तीर्ण

spot_img

देवदह – देवदह नगरपालिका अन्तर्गतका सामुदायिक र संस्थागत विद्यालयहरूबाट कक्षा १२ को परीक्षा २०८१ को प्रारम्भिक नतिजा सार्वजनिक गरिएको छ। देवदह नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको समग्र नतिजा अनुसार ६४.१० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

नगरका विभिन्न १४ विद्यालयबाट जम्मा १,०२५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये ६५७ जना उत्तीर्ण भएका छन्। यसअनुसार समग्र उत्तीर्ण प्रतिशत ६४.१० रहेको छ भने अधिकतम जिपिए ३.९५ रहेको छ। सामुदायिक विद्यालयतर्फ ४९४ विद्यार्थी सहभागी भएकामध्ये २७० जना उत्तीर्ण भई ५४.६६ प्रतिशत सफलता हासिल भएको छ। त्यस्तै, संस्थागत विद्यालयतर्फ ५३१ मध्ये ३८७ जना उत्तीर्ण भई ७२.८८ प्रतिशत उत्तीर्ण भएका छन् ।

सामुदायिक विद्यालयहरूमध्ये सबैभन्दा उच्च उत्तीर्ण दर भविष्य निर्माण माविले ८६.११% प्राप्त गरेको छ भने सामुदायिक विद्यालयतर्फ सोहि विद्यालयका सन्देह गोतामेले ३.९४ जिपिए ल्याएर उत्कृष्टता प्रदर्शन गरेका छन्। संस्थागत विद्यालयतर्फ ग्रीनप्लान्ट ई.बो. स्कुल, देवदह–७ की छात्रा स्वस्तिका गौतमले ३.९५ जिपिए ल्याउँदै नगरकै सर्वोत्कृष्ट नतिजा हासिल गरेकी छन्। त्यस्तै, सेभेन स्टार स्कुल, देवदह–२ का ९५.१२ % विद्यार्थी उत्तीर्ण  गर्दै संस्थागततर्फ राम्रो प्रदर्शन गरेको छ।

देवदह नगरपालिकाको शिक्षा शाखाले तयार पारेको यो प्रारम्भिक नतिजालाई शैक्षिक सुधार र नतिजा उन्मुख शिक्षण अभ्यासको सकारात्मक संकेतको रूपमा लिइएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए। नगरपालिकाका शिक्षा अधिकृत परशुराम ढकालद्वारा प्रमाणीकरण गरेको नतिजा २०८२ साल साउन २० गते औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img