टी–२० विश्वकप नेपालले जापानलाई ६ विकेटले हराउदै समुह बिजेता बनेको छ ।
ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा जापानले दिएको १३२ रनको लक्ष्य १८ ओभरमा छ विकेट गुमाएर पुरा गर्दै समुह विजेता बनेको हो ।। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो ।
जापानका लागि कप्तान केन्डेल काडोवाकी(फ्लेमिङ ४६ बलमा सर्वाधिक ६० रन बनाए । उनले दोस्रो विकेटका लागि इसम रहमानसंग ८६ रनको साझेदारी गरेका थिए ।
बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले दुईदुई तथा सोमपाल कामी र गुल्सन झाले एक विकेट लिए । जवाफी व्याटिङ गरेको नेपालको तर्फबाट ओपनर द्धय कुशल भुर्तेलले २१, आशिफ शेखले ३८, रोहित पौडेलले १७, गुल्शन झाले २८, दिपेन्द्र सिंह ऐरीले १४, सन्दिप जोराले ५ र कुशल मल्लले ४ रन जोडे।




