गोविन्द घर्ती, देवदह । नयाँ नेतृत्व चयन गर्दै देवदह व्याडमिन्टन क्लबको तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लालबहादुर गुरुङ्गको अध्यक्षतामा ११ सदस्यीय नया नेतृत्व चयन गरेको हो । क्लवको उपाध्यक्षमा मेकबहादुरगुरुङ्ग, सचिवमा अर्जुन रेग्मी, कोषाध्यक्षमा मिलन मास्की राना र सहसचिवमा हरि भण्डारी रहनु भएको छ ।
समितिको अन्य सदस्यहरुमा बुद्ध गुरुङ्ग, सुबास बस्याल, सुबास खाती, ओमलाल सापकोटा, खड्कबहादुर पुन, देवबहादुर सारु रहनु भएको छ । अधिवेशनले विष्णुप्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ । जसको सदस्यहरुमा अर्जुन थापा र गोपीराम गुरुङ्ग रहनु भएको निर्वाचन मण्डलका संयोजक गुमानसिं कुवले जानकारी दिनु भयो ।
क्लवको तेश्रो अधिवेशनको उद्घाटन गर्दैै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले स्वाथ्यको लागि खेलकुद आवश्यक रहेकोले खेलकुदको विकासको लागि नगरपालिकाले भौतिक पुर्वाधारलाई जोड दिएकोम बताउनु भयो । उहाले देवदहमा निर्माण भएको कभर्डहल नगरपालिकाको मात्र नभई समग्र प्रदेशको गहना भएकोले यसको विकासमा सवै लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले वेडमिन्टन खेलमा युवा पुस्तालाई जोडन आवश्यक रहेको औल्याउदै युवाहरुलाई प्रोत्साहन गर्न आग्रह गर्नु भयो । उहाले व्ढामिन्टन खेलमा विद्यार्थीलाई जोडन्को लागि विद्यालय स्तरीय प्रतियोगिता गर्न आवश्यक रहेको औल्याउदै त्यसको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
क्लवका अध्यक्ष लालबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, स्वर्णीयम सगरमाथा क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल, देवदह खानेपानीका अध्यक्ष गुमानसिंह कुवर लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा अध्यक्ष गुरुङ्गले बार्षिक प्रतिवेदन, सचिव अर्जुन रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । मिलन मास्की रानाको स्वागत र अर्जुन रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




