spot_img
spot_img
spot_img

निर्वाचनमा बालबालिका प्रयोगका २१६ घटना सार्वजनिक

spot_img

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलहरु तथा स्वतन्त्र उम्मेदवारहरुबाट बालबालिका प्रयोग भएका २१६ वटा घटना सार्वजनिक भएको छ। सोमबार बालबालिकाको क्षेत्रमा क्रियाशिल संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले एक कार्यक्रम आयोजना गरी २१६ वटा बालबालिका प्रयोगको घटना भएको जानकारी गराएको हो । संस्थाको अध्ययन अनुसार बालबालिका प्रयोगको २१६ वटा घटनाहरु मध्ये प्रचारप्रसार तथा र्‍यालीमा १४४ वटा, घरदैलोमा १२ वटा, आम सभामा १८ वटा, प्रचारप्रसार सामग्रीमा १३ वटा र कलाकारको रुपमा २८ वटा घटनामा बालबालिकाको प्रयोग भएको हो ।

वाम लोकतान्त्रिक गठबन्धनका दलहरुबाट ९८ वटा घटना, नेकपा एमालेबाट ७१ वटा, अन्य राजनीतिक दलहरुबाट ३४ वटा र स्वतन्त्र उम्मेदवारहरुबाट १३ वटा घटनामा बालबालिका प्रयोग गराइएको पाइएको जनाईएको छ । २५ वटा विद्यालय, १ वटा विद्यालय बस र ४ जना शिक्षक पनि निर्वाचनमा प्रयोग भएको सूचना प्राप्त भएको उल्लेख गरिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
4.6K
खुसी
184
हासो
454
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img