spot_img
spot_img
spot_img

भारतको बिहारमा विषालु रक्सी खाँदा ३९ जनाको ज्यान गयो

spot_img

एजेन्सी । भारतको बिहार राज्यमा विषालु रक्सी खाँदा ३९ जनाको ज्यान गएको छ । बिहारको छपरा जिल्लामा अस्ति मङ्गलवारदेखि आज बिहीवारसम्म विषालु रक्सी खाएका ३९ जनाको ज्यान गएको र ३० जना बिरामी परेका बीबीसीले जनाएको छ । बिरामीमध्ये धेरै जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि पटना पठाइएको खबरमा उल्लेख छ । छपरा जिल्लाका डीएम राजेश मिणाका अनुसार रक्सी खाएकाहरूको आँखाको ज्योति गुमेको छ भने धेरैमा लगातार बान्ता हुने समस्या देखिएको छ । बिहारमा रक्सी बेच्न र खान बन्देज लगाइएको छ ।

यो घटनापछि सरकारले छपरा जिल्लाका प्रभारी रीतेश मिश्र र कन्स्टेबल विकेश तिवारीलाई सेवाबाट हटाएको छ । लुकाएर रक्सी बेचेको शङ्कामा प्रहरीले बिहारका पसलमा छापा मार्न सुरु गरेको छ भने रक्सी बनाउने सम्भावित ठाउँका व्यक्तिलाई पक्राउ पनि गरेको छ ।
बिहारमा सन् २०१६ मा नीतीश कुमार सरकारले रक्सीको बिक्री र सेवनमा प्रतिबन्ध लगाएको थियो । त्यसयता अवैध र विषालु रक्सी खाँदा बर्सेनि यस्ता घटना हुने गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img